डेढ करोड बढी लगानीमा खुल्यो नेपालगन्जमा उद्वार सामाग्री पाइने पसल, उपमेयर राईद्वारा उद्घाटन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी पुष्पलाल चोक नजिकै डेढ करोड बढी लगानीमा उद्वार सामाग्री एकै ठाउँमा पाइने पसल खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राईले सोमबार उद्घाटन गर्नुभएको हो  ।

आइ एस ओ प्रमाणित सामानहरु एकै ठाउँमा पाइने र नेपालभित्र सबैले भन्दा सस्तोमा सामान उपलब्ध गराइने सञ्चालकको दावी रहेको छ । उक्ति पसलको सञ्चालक नुरसभा कवडियाले भारतको महाराष्ट्र र मुम्बईबाट सामान मगाइने भएको हुदा नेपालमा सबैले भन्दा सस्तोमा र गुणस्तरीय सामान दिने बताउनुभयो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर राईले यस्तो पसल खुलेको मा खुसी व्यक्त गर्दै उपमहानगरपालिका भित्र यस्ता सामाग्री खरिद गर्ने भएमा पहिलो प्राथमिकता दिइने बताउनुभयो । उहाँले यस्तो किसिमको पसल मध्य ,  सुदूर र कर्णाली प्रदेशमा पहिलो भएको समेत बताउनुभयो ।

उक्त पसल धनी मुस्ताक राईले आफ्नो रेस्क्यु सम्बन्धि सामान बिक्रीवितरण गर्ने पसल नयाँ र नौलो भएको हुदा सबै स्थानीय तहले  एकपटक सेवा दिन अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया