नेपालगन्जको किचन टपमा नयाँ बर्ष इभमा टंक तिमिल्सिनाको प्रस्तुति रहने

नेपालगन्ज : नेपालगन्जको किचन टप रेस्टुरेन्टमा नयाँ बर्ष इभको कार्यक्रममा टंक तिमिल्सिनाको प्रस्तुति रहने भएको छ ।

नयाँ बर्ष इभको कार्यक्रममा टंक तिमिल्सिनासंगै सुरज थापा र दाजु बहिनी ब्याण्डको समेत प्रस्तुति रहने छ ।

नेपाली बर्ष २०८१ लाई बिदाई तथा नयाँ बर्ष २०८२ लाई स्वागत गर्न सांगेतिक कार्यक्रम आयोजना गर्न लागेको रेस्टुरेन्टका प्रोपराइटर इन्द्रमान थापाले बताएका छन् ।

नयाँ बर्ढ इभ कार्यक्रमको टिकेटको मूल्य १५ सय रहेको आयोजकले जनाएको छ भने जसमा एउटा क्यान बियर वा अनलिमिटेड भेज तथा ननभेज स्नेक्स र डिनर रहेको आयोजकले जनाएको छ ।
त्यस्तै १० बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको इन्ट्री फ्री रहेको आयोजकले जनाएको छ ।

‘नयाँ बर्षको स्वागतको लागी नेपालगन्ज र नेपालगन्ज आसपासका सम्पुर्णलाई निम्ति रहेको र पारिवारिक वातावरणमा रमाइलो गर्न किचन टप सबैमा हार्दिक स्वागत गर्दछु’, प्रोपराइटर इन्द्रमान थापाले बताए ।

प्रतिक्रिया