नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित शहिर स्मारक पार्कको सरसफाइमा खजुरा गाउँपालिका वडा नम्बर ३ का युवाहरु जुटेका छन् ।

भीमबहादुर सुनारको नेतृत्वमा युवाहरु आफ्नो ठाउँलाई आफैले बनाउने भन्दै सरसफाइ संगै अन्य गतिविधिमा सामेल भएका हुन् ।

सुनार खजुरामा युवाहरुलाई नेतृत्व गर्दै सकारात्मक गतिविधिमा लगाउने काम गर्दै आएका छन् । वडामा हुने सरसफाइ संगै खेलकुदको क्षेत्रमा युवापुस्तालाई अग्रसर गर्दै आएका छन् ।















