सुस्तामा सेना पठाउन एमाले नेता थापाको प्रधानमन्त्रीलाई आग्रह

नेपालगन्ज : एमाले नेता किशोर थापाले सुस्तामा सेना पठाउन र सिमाको रक्षा र निगरानी गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन् ।

एमाले नेता थापाले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको घटनालाई लिएर यस्तो बताएका हुन् ।

शुक्रबार नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले प्रतिकार गरी फिर्ता पठाएका थिए । अनुमतिबिना भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच केहीबेर विवाद उत्पन्न भएको थियो ।

सोही घटनालाई लिएर एमाले नेता थापाल आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘सम्माननिय प्रधानमन्त्री ज्यु सुस्तामा सेना पठाउ सिमा रक्षा र निगरानी गरौ’

नेता थापा नेकपा एमाले बाँकेका उपसचिव हुन् भने बाँकेका चर्चित युवा नेता समेत हुन् ।

प्रतिक्रिया