सानेको कथामा लघु चलचित्र ‘कोभिड १९’


नेपालगन्ज : लघु चलचित्र कोभिड १९ रिलिज हुने भएको भएको छ । कोभिड १९ कोरोना भाइरसको बिषयमा बनेको चलचित्रको कथा परिकल्पना राजबहादुर सानेले गरेका हुन ।

जसमा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ । रमेश बन गोसाइँले निर्देशन चलचित्रमा निर्देशन गरेका छन ।

कथाकार सानेका अनुसार कोरोना भाइरसको कारण समाजमा निम्न बर्गले भोग्नुपरेको पिडालाइ चलचित्रमा समेटिएको छ । कोरोनाका कारण मानिसमा कस्तो मनोबैज्ञानिक असर पर्छ र त्यसका अनेकौं पाटालाइ समावेस खोजेका छौ, उनी भन्छन्, ‘भाइरसले जसरी मानव शरीरमा असर गर्छ त्यस्तै असर भाइरसले मनो बिज्ञानमा पनि पार्छ ।’

हाम्रो उद्देश्य कोभिड १९ले समाजमा परेको छापलाइ देखाउनु हो । निर्देशन गोसाइँ भन्छन् मनोरञ्जन सन्देश हास्य व्यंग्यले भरिएको यो चलचित्र सबैले हेर्न जरुरी छ ।

आजको नेपाली समाजको फरक कथाले दर्शकको मन अबस्य छुनेछ ।चलचित्र यहि जेठ ९ गते रोमि इन्टरटेमेन्टको युबटुब मार्फत सार्बजनिक हुँदैछ ।

प्रतिक्रिया