कोरोना कहर : घरभाडाको बदला शारीरिक सम्बन्धको माग

एजेन्सी : कोरोनाको कारण सम्पुर्ण क्षेत्र अस्तब्यस्त बनेको छ ।नोकरी गुमाउनेहरुको संख्या आजसम्मकै उच्च छ । जिबनधान्नको लागी खाद्यान्न किन्न नै समस्या रहेको अवस्थामा घरभाडा तिर्न सक्नु धेरै टाढाको कुरा भयो ।

यस्तोमा केही रिपोर्टका अनुसार घर मालिकले घरभाडाको पैसा नतिर्ने हो भने शारीरिक सम्बन्धको माग गरेका छन् ।
नेसनल फेयर हाउसिङ एलाइन्स (एनअएएचए) का अनुसार अमेरिकामा यस्तो समस्यामा अधिकांश महिलाहरु परेको बताएको छ । यो कोरोना महामारीको बिचमा अमेरिकामा १३ प्रतिशतले यौन उत्पीडिनको मालिला बढेको छ ।

एक अमेरिकी महिलाले एनअएएचए को वेबसाईटको माध्यमद्वारा भनेकी छिन् – “यदि मैले प्रोपर्टी म्यानेजर संग यौन सम्पर्कको लागि आविस्कार गर्ने हो भने मलाई घर देखि जिकाली दिन्छन् । यो बिपत्तिमा म आफ्नो घर छोड्न सक्दिन “

घरभाडाको सट्टा यौन सम्पर्कको घटना अमेरिका संगै अहुले ब्रीटेनमा समेत देख्न थालिएको छ । कयौ यस्ता बिज्ञापनहरु आउने गरेका छन् जसमा ‘सेक्सको साटो रेन्ट फ्री अकोमोडेसन’ भन्ने आसय रहेको छ ।

कोरोनाले बिश्वलाई नै थला पारेको समयमा शक्तिशाली राष्ट्रहरु सबैभन्दा बढी यसको मारमा परेका छन् । उद्योग धन्दा केही महिनौं देखि ठप्प छ । आर्थिक संकट चरपमा पुगेको छ ।रोजगारी गुमाउनेहरु अहिलेसम्म कै नाजुक अवस्था छ यस्तोमा घरभाडा तिर्न नसक्ने हरुको ब्यथा नपत्याइने खालको छ ।

प्रतिक्रिया