नेपालगन्ज : नेपालगन्जका समाजसेवी ऋषि पोखरेलको पहलमा बाढीपिडित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग प्रदान गरेका छन् ।

नेपालगन्ज स्थायी घरभै काठमाडौ बसोबास गरिरहेका समाजसेबी ऋषि पोखरेलको पहलमा आदर्श माध्यामिक बिध्यालय गजुरी धादिङका १२० जना बाढी पिडित परिवारका बिध्यार्थीहरुलाई स्टेशनरी र खेलकुद का सामाग्री बितरण गरिएको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी पिडितलाई तत्काल शिक्षा र खेलकुद सामाग्रीको आवश्यकतालाई मध्यनजर गर्दै आदर्श माध्यामिक बिध्यालय गजुरी धादिङका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग उपलब्ध गराएकोऋषि पोखरेलले बताए । साथै पोखरेलले यो मनकारी काममा सहयिग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै सबै मिलेर यो बिपत्तिको सामाना गर्नुपर्ने समेत बताएका छन् ।














