चिरञ्जीवी सापकोटाले ल्याए हरेक नेपालीको गीत “इतिहास” (भिडियो सहित)

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : नेपालले केही दिन अघि मात्र लिम्पियाधुरा र कालापानी समाबेश सहितको नक्सा सार्वजनिक गर्‍यो । सार्वजनिक लगत्तै भारतीय मिडियामा हलचल मच्चियो। भारतीय मिडियाका पत्रकारहरु नेपाल विरुद्ध गाली गर्दै खनिए।

अहिले यही विषय चर्चाको विषय बनिरहेको छ। यसैबीच , अहिलेको समसामयिक विषयलाई समेटेर समेटेर चर्चित सन्चारकर्मी तथा कलाकार चिरञ्जीवी सापकोटाले नयाँ गीत “इतिहास” बजारमा सार्वजनिक गरेका छन।

आइतबार ‘हरेक नेपालीको गीत’ भनेर सार्वजनिक गरिएको “इतिहास” बोलको गीतमा चिरञ्जीवी सापकोटा, जिवेश गुरुङ र प्रबिन भट्टको आवाज रहेको छ। गीतको शब्द रबिन्द्र सुवेदीले लेखेका हुन भने गीतमा संगीत चिरञ्जीवीकै रहेको छ।

गीतमा नेपालको इतिहासको बारेमा वर्णन गरिएको छ। गीतको मर्म अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा चिरञ्जीवी , जिवेश र प्रबिन फिचर्ड छन।जिवेश गुरुङले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन। भने, सम्पादन प्रबिन भट्टले गरेका छन।

आहा टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक स्रोताले मन पराउनेमा आफू विश्वस्त रहेको गायक सापकोटा बताएका छन। हेर्नुस भिडियो…

प्रतिक्रिया