वर्षा रावतका कारण वर्षा शिवाकोटी तनावमा, लेखिन यस्तो स्टाटस

नायिका वर्षा राउत अहिले विवादमा परेकी छन् । सरकारले मुलुक राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गरेपछि दिएको अभिव्यक्तिका कारण नायिका वर्षा विवादमा परेकी हुन् । उक्त अभिव्यक्ति विवादमा परेपछि क्षमा मागेकी उनले फेरि अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्ति पनि विवादमा परेको छ । 

विदेशमा बस्नेलाई देशको माया नहुने आशयको दोस्रो अभिव्यक्ति दिएपछि फेरि वर्षा राउत विवादमा परेकी छन् । वर्षा राउत विवादमा परेपछि अर्की नायिका वर्षा सिवाकोटीलाई तनाव सृजना भएको छ ।

वर्षा राउतको सामाजिक सञ्जालमा आलोचना भइरहँदा नाम मिलेकै आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षा सिवाकोटीमाथि खनिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई वर्षा सिवाकोटले थर हेरेर प्रतिक्रिया जनाउन आग्रह गरेकी छन् । 

प्रतिक्रिया