बाँके:

दुई दशक लामो जनप्रतिनिधि बिहिन स्थानिय तहले आफैले रोजेर चुनेका जनप्रतिनिधिले स्थानिय तह सम्हालेको करिब तीन साल हुन लागि सकेको छ ।
स्थानिय तहले जनप्रतिनिधि प्राप्त गरेको करिब तीन बर्ष हुनै लाग्दा कयौं गाउँपालिकामा बिकासको दर उत्साहजनक रहेको पाइएको छ भने कतिपय गाउँपालिकामा भ्रस्टाचार , सुशासनको अभाव भएको समचार पनि उत्तिकै बाहिरिएका छन् ।
यता बाँके खजुरा गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्षले भने लामो समय जनप्रतिनिधि बिहिन रहेको स्थानिय तहमा आफुहरुले जनताको लागी दिनरात खटिएको बताएका छन् ।
वडालाई कृषिमुखी बनाउन र कृषि हबको रुपमा चिनाउन लागिपरेको बताउने वडा अध्यक्ष देविलाल शर्माले बताउनुभएको छ ।
यस्तै स्थानिय जनप्रतिनिधिहरु संगको भलाकुसारी गर्ने , स्थानिय तहका समस्याको उठान गर्ने , गाउँपालिका भित्रका समस्या बेथिति र भए गरेका राम्रा कामहरूको बारेमा जानकारी गराउने साप्ताहिक कार्यक्रम ‘हाम्रो पालिका’ को अन्तर्वार्ताको क्रममा वडा अध्यक्ष शर्माले सो कुरा बताएका छन् ।
हेर्नुस् नागरिक समाज डटकमका लागी रामु ओलि र खगेन्द्र दाहालले तयार गरेको ‘हाम्रो पालिका’ को पहिलो अंकमा बाँके खजुरा गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष देविलाल शर्मा संग गरिएको कुराकानी ।
भिडियो :









