नरैनापुरमा सांसद नमुनाको अगुवाईमा लकडाउनकै बीच विद्युतिकरणको काम सुरु

नेपालगन्ज : कोरना भाइरसको संक्रमण बढ्दै जाँदा बाँकेको नरैनापुर क्षेत्रमा आईसोलेशन अस्पताल र गुणस्तरीय क्वारेन्टाईन निर्माणको लागि द्रुत गतिमा विद्युतीकरणको लागि पहल भएको छ ।

लकडाउनबाट रोकिएको विद्युतीकरणको काम
सो क्षेत्रबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभासद कृष्णा केसी नमुनाको अनुरोधमा लकडाउनकै बीचमा नरैनापुरमा बिद्युतिकरणको काम पुनः सुचारु भएको छ ।

प्रदेश सांसद नमुनाले राप्तीपारीको नरैनापुर क्षेत्रमा विद्युतीकरणको लागि पहल गर्नको लागि गत जेष्ठ ७ गते ५ नम्बर प्रदेश डिभिजन बिद्युत प्राधिकरण नेपालगञ्जमा डिभिजन प्रमुख मुनेन्द्र ठाकुरसंग छलफल गर्नुभएको थियो ।

लामो समयदेखि राप्तीपारीको बघौडा क्षेत्रको विकास तथा बिद्युतिकरण आश्वासनमा मात्रै सिमित रहदै आएकोमा सो क्षेत्रबाट आफु निर्वाचित हुनु पूर्वदेखि नै सांसद नमुनाले बाटोघाटो तथा विद्युतिकरणको लागि प्रत्यक्ष पहलकदमी उठाउदै आएकी थिईन ।

५ नम्बर प्रदेश डिभिजन बिद्युत प्राधिकरण नेपालगञ्ज डिभिजन क्षेत्रीय कार्यालयले सो कार्यको लागि फिल्डमा खट्ने प्राविधिक सहितका १६ जना, २ मोटरसाईकल सहित १ जीप सञ्चालनको लागि जिल्ला प्रशसान कार्यालय बाँकेबाट अनुमति लिएको छ ।

सो निर्णय कार्यान्वयनमा ल्याउन सोमबारदेखि नरैनापुरमा बिद्युतिकरनणको काम शुरु भएको उनका स्वकिय सचिव तथा युवा नेता सुर्यप्रकास घर्तीमगरले जानकारी दिए । उनले रेणु कन्ट्रक्सन कम्पनी प्रालिले यस अघि लकडाउन हुनुपूर्व नरैनापुरको बिद्युतिकरण गर्ने सम्झौता गरी केही काम समेत सुरु गरी सकेको बताए ।

प्रतिक्रिया