बाँकेमा थप १६ जना कोरोना संक्रमित थपिए

बांकेमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको खजुरा गाउँपालिकामा १, डुडुवा गाउँपालिकामा २, राप्तीसोनारी गाउँपालिकामा ७ र बैजनाथ गाउँपालिकामा ६ गरि आज १६ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म बाँकेमा संक्रमितको संख्या १७० पुगेको छ भने २२ जना निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया