खजुरामा स्टकमा स्वास्थ्य सुरक्षा सामाग्री, ९० बेडको आइसोलेसन केन्द्र स्थापना हुने


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कोरोना भाइरस विरुद्ध खटिने स्वास्थ्यकर्मिका लागी स्वास्थ्य शुरक्षा सामाग्री प्रयाप्त भएको बताएका छन ।

आज प्रेस संगठन बाँकेले आयोजना गरेको भर्चुअल मिट द प्रेस कार्यक्रममा बोल्दै प्रमुख कक्षपतिले स्वास्थ्य सुरक्षा सामाग्री गाउपालिकामा स्टकको रुपमा रहेको भन्दै अहिले स्वास्थ्यकर्मिकोलागी कुनैपनि स्वास्थ्य सुरक्षा सामाग्री अभावको स्थिती नरहेको बताउनुभयो । खजुरामा आज सम्म २५ वटा क्वारेन्टाइनमा ६९५ जनालाई राखिएको छ ।

धेरै सङख्या भएकाले व्यवस्थापन गर्न कठिनाई भएको उहाँको भनाई छ । खजुरा गाउँपालिकाले हाल सम्म १०९ वटा पिसिआर टेष्ट गराइसकेको छ । जसमा ३ जनामा कोरोना पोजेटिभ देखिएको कक्षपतिले जानकारी दिनुभयो । प्रत्येक वडामा स्वास्थ्यकर्मिलाई परिचालन गरिएको भर्चुअल मिट द प्रेसमा कक्षपतिले जानकारी दिनुभएको हो । खजुरामा ९० बेडको आइसोलेसन केन्द्र स्थापना गर्न तयारी तिव्र पारिएको कक्षपतिको भनाइ छ ।

प्रतिक्रिया