नेपालगन्ज : कोरोना भाइरस अर्थात कोभिड १९ को जोखिमलाई नियन्त्रण गर्नको लागि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ।
आज (बुधबार) राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरिएको बाँके प्रशासनले सुचना मार्फत जानकारी गराएको हो।
बाँकेमा हालसम्म कोरोना भाइरसका संक्रमित १७० पुग्दा १ जनाको मृत्यु भइसकेको छ। यस अवस्थालाई मध्यनजर गर्दै कोरोनाको संक्रमण फैलिन नदिन र रोकथाम कार्यमा सहजता ल्याउन निषेधाज्ञा जारी गरिएको सुचनामा उल्लेख छ।
सुचना अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाहरुमा भोजनालय , मेडिकल, खाद्यान्न पसल, ढुवानी साधन, फलफुल तथा तरकारी, सरकारी कार्यालय लगायतका सेवाहरु सुचारु गर्न पाइने छ।
उक्त निषेधाज्ञा समयमा विभिन्न भेला, सभा, सम्मेलन , गोष्टि एवम भिडभाड नगर्न पनि प्रशासनले आग्रह समेत गरेको छ।












