कृषि यान्त्रिकरणमा देखियो समस्या

बाँके /खजुरा :

कृषि यान्त्रिकरणमा देखियो समस्या

कृषि यान्त्रिकरणमा ठुलो समस्या देखिएको स्वंयम सम्बन्धित कृषि प्रावधिकहरुले बताएका छन ।

क्षेत्रफल अनुसार मेशिनरीको साइज, क्षमता र मोडलको निर्धारण सिफारीस नगरिदिदाँ अहिले ठुलो समस्याको रुपमा देखिएको कृषिका काम गर्ने विज्ञहरुले बताएका हुन ।

नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा आयोजित प्रदेश स्तरिय कृषि प्रावधिक कार्यशाला बैठकमा बोल्दै प्रावधिकहरुले अनुसन्धानात्मक समस्या पहिचान गर्न नयाँ योजनाका साथ आउनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश अन्तरर्गत रहेका कृषिमा काम गर्ने निकायहरुको गतिविधिहरुको छलफल, समस्याका बारेमा चर्चा गरिएको थियो ।

सम्बन्धित प्रावधिकहरुले कृषिलाई पहिलो प्राथमिकता राखी समस्याहरु सुचिकृत गर्ने र विभिन्न निकायसगं समन्वय गरि कृषि विकासमा टेवा पु¥याउन काम गर्नुपर्नेमा सुझाव दिइएको थियो ।

बैठकमा प्रदेश नम्बर ५को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदिले कृषि अनुसन्धानलाई प्रभावकारी बनाउन प्रावधिकहरुको विशेष भुमिका हुने भएकाले यस तर्फ ध्यान दिन आग्र्रह गरे ।

मन्त्रालयका सचिव सुवेदिले स्थानिय तह देखि प्रदेश र केन्द्र सरकारसगं समन्वय गरी काम गर्न प्रावधिकहरुलाई निर्देशन दिए ।

प्रदेश नम्बर ५बुटवलमा रहेको कृषि विकास निर्देशनालयका निर्देशक यम नारायण देवकोटाले पहाडी क्षेत्रलाई उपयुक्तहुने उपकरणहरुको विकास गर्न जरुरी रहेको बताउदै नयाँ प्रविधिको खोजि र विकास गर्न प्रावधिकहरु लाग्नुपर्नेमा जोड दिए ।

क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका क्षेत्रिय निर्देशक जनमेजय त्रिपाठिले हाल सम्म बिकसित कृषि र पशुसंग सम्बन्धित प्रविधिहरुको बारेमा प्रस्तुती गरेका थिए ।

क्षेत्रिय निर्देशक त्रिपाठिले कृषि अनुसन्धान, प्रसार, विकास र शिक्षा विचको समन्वयमा नार्कको भुमिकाका बारेमा प्रष्टाएका थिए ।

बैठकमा प्रदेश ५ का सम्बन्धित कृषि प्रावधिकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया