सरकारले आगामी आर्थिक वर्षको लागी खानेपानी तथा सरसफाइ क्षेत्रमा ४३ अर्ब १० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा खानेपानी क्षेत्रमा उक्त बजेट छुट्याएका हुन् ।
उनले मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने बताएका छन् । दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट छुट्टाइएको छ ।
त्यस्तै, ९४ प्रतिशत जनसंख्या खानेपानी पहुँच पुर्याउने भएको छ । तीनै तहबाट सबै खानेपानी आयोजना सम्पन्न गरिने उनले जनाएका छन् ।









