विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति मृत्यु भए ?

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार २३ पुगेको छ भने संक्रमितको संख्या ५९ लाख ५ हजार २ सय ९२ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २५ लाख ७९ हजार ६ सय ७८ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख ६८ हजार ४ सय ६१ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ९८ हजार ७ सय २५ जना निको भइसकेका छन् । 

 त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ७ सय ६४ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३८ हजार ८ सय १२ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार १ सय ४२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३१ हजार ७ सय ३२ पुगेको छ ।

प्रतिक्रिया