राष्ट्रिय युवा संघ बैजनाथ सदस्य सुवेदीद्वारा पालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज : राष्ट्रिय युवा संघ बैजनाथ सदस्य तथा कोहलपुरमा अवस्थित एभरेस्ट टेक्निकल कलेजका प्रबन्धक बिरेन्द्र सुवेदीले बैजनाथ गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन।

यतिबेला विश्वभरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाममा केही टेवा पुगोस् भन्ने मनसायले बाँकेको बैजनाथ गाउँपालिकामा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुवेदीले बताए।

सुवेदीले शुक्रबार पालिकामै गएर पालिका प्रमुख मानबहादुर रुचाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा राष्ट्रिय युवा संघ बाँकेका सदस्य सुनील रसाइली र युवा संघ बैजनाथमा अध्यक्ष यज्ञ पुनको पनि सहभागीता रहेको थियो।

प्रतिक्रिया