लकडाउनमा नारा जुलुस अनि धर्ना

नेपालगन्ज : बाँकेका नयाँ सिडिओ आएलगत्तै निषेधाज्ञा जारी गरिएको थियो । धेरैले अनुमान लगाएका थिए बाँकेमा लकडाउन कडा हुनेछ । केही त्यस्ता संकेत समेत देखा परेका थिए तर शुक्रबार रुकुममा भएको घटनाको विषयलाई लिएर नेपालगन्जमा नारा जुलुस सहितको टोलिले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।

कोरोना भाइरसको जोखिमसंगै बाँके प्रशासनले दोस्रो पटक निषेधाज्ञा जारी गरेको थियो । तर रुकुम घटनालाई लिएर नेपालगन्जमा प्रदर्शन हुँदा भने बाँके प्रशासन मुखदर्शक बनेको भन्दै नेपालगन्ज वृत्तमा चर्चा चलेको छ ।

देशकै सबैभन्दा धेरै कोरोना संक्रमितका रुपमा रहेको जिल्लामा लकडाउन कार्यान्वयन गर्न निषेधाज्ञा जारी गरे पनि शुक्रवार कार्यान्वयनको अवस्था फितलो देखियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले १४ गते जारी गरेको निषेधाज्ञामा सबै प्रकारका भेला, सभा, सम्मेलन वा भिडभाड नगर्न भनेको थियो ।

प्रतिक्रिया