नेपालगन्जको जमुनाह नाका सहित २० नाका हुदै भारतबाट नेपाली आउन पाउने

नेपालगन्ज : भारतबाट आउने नेपालीलाई थप नाका खोल्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ ।

नेपालगन्जको जमुनाह सिमानाका सहित पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट नेपाली आउन पाउनेछन् ।

थोरै नाकाबाट प्रवेश दिँदा भिड भएको र लुकिछिपी आउँदा संक्रमण फैलने जोखिम झन् धेरै हुने भएकाले २० वटा नाकाबाट ल्याउन लागिएको हो ।

भारतबाट आउनेहरू भने भारततर्फको क्वारेन्टाइनमा बसेको केही हप्तापछि मात्र नेपाल आउन पाउनेछन् । नेपाल आएपछि पनि उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया