ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ। नेपाल पनि यसबाट अछुतो रहन सकेन। नेपालमा पनि दिनानुदिन कोरोनाका विरामी बढिरहेका छन, केहीको मृत्यु सहेत भइसकेको छ। भने, केही निको भएर घर फर्केका पनि छन।
कोरोनाको जोखिमलाई नियन्त्रण गर्नको लागि नेपालमा यतिबेला लकडाउनलाई पनि जारी राखिएको छ। जसका कारण दैनिक ज्यालादारी अनि मजदुरी गरेर जीवन धान्नेहरुको अवस्था एकदम नाजुक बनेको छ। यस्तै अवस्था नाजुक बनेको छ, विभिन्न ठाउँहरुमा डेरा गरेर पढ्ने विद्यार्थीको, जो लकडाउनका कारण घर जना पाएनन् ।
यस्तै लकडाउनका कारण घर जान नपाई काठमाडौंमा रहेका विद्यार्थीको समस्या अनि पीडा समावेश गरेर कलाकार मनिषा पोखरेलले “लकडाउन काठमाडौ” भिडियो सार्वजनिक गरेकी छिन् ।
केही दिन अघि भाग १ युटुब मार्फत सार्वजनिक गरेकी मनिषाले हिजो मात्रै भाग २ सार्वजनिक गरेकी हुन् । लकडाउनले गर्दा काठमाडौंमा खाने रासन नहुँदा हिडेरै घर गएको दृश्य भिडियोमा देखाइएको छ। भोको पेटले सताएपछी एउटा भाडामा बस्ने विद्यार्थी हिडेरै भएपनि आफ्नो घर गएको पीडा भिडियोमा मनिषाले उतारेकी छिन् ।
भिडियोमा मनिषाकै लेखन, अभिनय तथा निर्देशन रहेको छ। उनले जीवन्त अभिनय गरेको भिडियो हेर्दा महसुस हुने गर्छ। उसो त लकडाउनले गर्दा मनिषा पनि यतिबेला काठमाडौं रहेकी छिन। अन्य समयमा विभिन्न म्युजिक भिडियो एवम सिरिएलमा व्यस्त हुने उनी यतिबेला लकडाउनको समयलाई सदुपयोग गर्दै भिडियो निर्माण गरिरहेकी छिन् ।
“मनिषा पोखरेल” नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोलाई मतिलाल पोखरेलले खिचेका हुन भने भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन। हेर्नुस् भिडियो..









