खजुरा: नेकपा बाँकेका युवा नेता रत्न खत्रीले शनिवार खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरमा रहेको क्वारेन्टाईनमा सर्जिकल सामग्री सहयोग गर्नुभएको छ ।
नेता खत्रीले सोनपुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय सिन्दुरेमा रहेको क्वारेन्टाईनका लागि मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।
वडा सदस्य तथा कार्यपालिका सदस्य सीतादेवी गुरुङलाई विद्यालयमै पुगेर नेता खत्रीले सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अनेरास्ववियु बाँकेका पुर्ब अध्यक्ष तथा नेकपा प्रदेश विभागका सदस्य किरण ढकाल, समाजसेवी ऋषिराज पोखरेल तथा प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्माको सहभागिता रहेको थियो ।
नेता खत्रीले खजुरामा रहेका सबै क्वारेन्टाईनमा सर्जिकल सामग्री सहयोग गर्ने बताउनुभएको छ ।
सोनपुरमा नेता खत्रीले शनिबार क्वारेन्टाईनमा बसिरहेका ब्यक्तिहरुसँग समेत अन्तरक्रिया गर्नुभएको छ । क्वारेन्टाईनमा बसेकाहरुले आफुहरु रचनात्मक काममा लाग्न तयार भएको नेता खत्रीलाई बताएका छन् ।











