भारतको बलैगाउँका राजकुमार चौधरी शनिबार बिहानै नेपालगंज जमुनाह नाकामा थिए | रातभरी नै जमुनाह नाकामा बसेर घर जाने पर्खईमा रहेका चौधरी, उनका परिवार र उनि संगै बुटवल देखि नेपालगंजको जमुनाह सिमानाकामा आएका उनीहरुको मुहारमा खुसि देख्न सकिन्थ्यो |
दशैँ सकिए लगत्तै भारत देखि नेपाल कामको लागि परिवार सहित प्रवेश गरेका चौधरी र उनका साथीहरु करिब सात महिना पछी घर फर्किदै थिए , त्यो पनि कोरोना कहरका कारण |
कोरोनाले नेपाललाई मात्रै होइन विश्वका सबैजसो देशलाई लाचार बनाएको छ | कामकाज ठप्प छन् | अनि रोजगारीका लागि चौधरी जस्तै हजारौ भारतीयहरु काम गुमाएर बेरोजगार बन्न पुगे अनि लकडाउन केहि खुकुलो भए संगै आफ्नै देश फर्कनका लागि बुटवल देखि नेपालगंजसम्मको कष्टकर यात्रा गर्न बाध्य भए |
रोजगारका लागि नेपालीहरु भारत छिरेको नौलो लाग्दैन हामीहरुलाई, तर हजारौ होइन लाखौ भारतीयहरु पनि रोजगारीकै लागि नेपाल प्रवेश गर्छन | सालभरि नेपालमा कमाएर चाडपर्वमा मात्रै उनीहरु घर फर्कन्छन | ग्रामिण भारतीय इलाका देखि त्यसरी रोजगारीको लागि आउने भारतीयहरु विशेषगरि नेपालका विभिन्न जिल्लाका इट्टा भट्टटामा काम गर्दै आएका छन् |
नेपालगंज नाकामा भेटिएका चौधरीको आफ्नै योजना थिए , थोरै केहि कमाएर आउने दशैमा घर फर्कने अनि केहि सानोतिनो सम्पत्ति जोड्ने | तर उनको योजना चीनको एउटा प्रान्तबाट फैलिएको कोरोनाकै कारण तुहिएको उनि बताउछन |

दशैँ मानेर परिवार लिएर बुटवल गएका थियौ, थोरै कमाएर घर मर्मत गर्ने योजाना थियो, कमाई पनि राम्रै थियो तर यो कोरोनाको कारण ज्यानै बचाउन मुस्किल भयो – असजिलो नेपालि बोल्दै उनले भने |
राजकुमार जस्तै श्याम यादव पनि भारत बहराइज जिल्लाको ग्रामिण इलाका देखि रोजगारीकै लागि नेपाल प्रवेश गरेका थिए , तिहार मानेर परिवारलाई घरमै छोडेर नेपाल छिरेका यादव पनि कोरोनाकै कारण रोजगारी गुमेपछि घर फर्किदै थिए |
नेपाल प्रहरीले १० बजे पछी मात्रै भारत छिर्न पाउने भने पछी उनीहरु रातभर नै जमुनाह नाकामा बसेको उनि बताउछन | बाँके जिल्लाको राझा क्षेत्रमा इट्टा भट्टामा काम अर्ने यादव र उनका साथीहरु गाडा संगै सिमानाका पुगेका थिए | करिब १५ वटा इट्टा बोक्न प्रयोग हुने गाडामा आफ्ना सामाना बोकेर सिमानाकामा भेटिएका उनीहरुले आफ्नै भाग्य माथि गुनासो गरे – ‘काम गरेर खाना समेत भाग्यले दिएन , नेपालमा आएर काम गर्न थालेकै १० वर्ष भन्दा बढी भयो नेपालकै रोजगारीले परिवार पाल्ने गर्छु अब यहि रोजगारी पनि कोरोनाको कारण गुम्यो |’
बिगत दुइ महिना भन्दा बढी समय देखि नेपालको विभिन्न जिल्लाहरुमा फसेका उनीहरु प्रवाशी मजदुरलाई घर सम्म जान दिनैका लागि नेपाल तथा भारतमा लकडाउनमा गरिएको केहि खुकुलोपनका कारण उनीहरु घर जादै थिए | लकडाउनको करिब दुइ महिना अवधिसम्म नेपालमा बसेका उनीहरु नेपालि समुदायले गरेको प्रेम र सहयोगको प्रशंशा समेत गरे |











