अमेरिकामा मात्रै कोरोनाबाट १ लाख ५ हजार बढीको मृत्यु

एजेन्सी : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २८७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख १५ हजार ८१७ पुगेको छ ।

प्रतिक्रिया