नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आइतबार ९१ बर्षको उमेरमा निधन भएको हो । ठूलो पर्दा र सानो पर्दामा अभिनय गरेका कलाकार जयनन्द चन्दले नेपाली चलचित्र जीवन रेखाबाट अभिनय यात्रा शुरु गरेका थिए ।
उनको निधनले नेपाली चलचित्र क्षेत्रका सबै कलाकारले दुख व्यक्त गरेका छन् । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।









