जानकी पुगे प्रजिअ कुरुम्बाङ

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बाकेमा लकडाउन अझै कडाइ गर्नुपर्ने रहेको बताइ रहदा अनुगमनका क्रममा बाँकेको जानकी गाउँपालिका पुगेका छन् ।

बाँकेको कमाण्ड सम्हाले संगै लकडाउनको अवस्था बुझ्न आफैं फिल्डमै खटिएर अनुगमन गर्दै आएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ जिल्लाका प्रहरी प्रमुख एसपि वीर बहादुर ओलि लगायतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोलि जानकी गाउँपालिका पुगेको हो ।

प्रजिअ कुरुम्बाङ सहितको टोलिले जानकी वडा नम्बर ३ मा रहेको क्वारेन्टाइनको निरीक्षण समेत गरेको थियो ।

अनुगमनका क्रममा जानकी गाउँपालिका अध्यक्ष राम निवास यादव, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया