नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् करिश्मा मानन्धर । चलचित्र ‘सन्तान’ बाट आफ्नो आफ्नो चलचित्र करियर सुरु गरेकी करिश्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय घरमै समय बिताइरहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्ना तस्बिरहरु र विचार शेयर गरिरहने गर्छिन् । आइतवार पनि उनले आफ्ना केही तस्बिर शेयर गरेकी छिन् ।

आज उनले कानमा फूल सिहुरीएर तस्बिर खिचेकी छिन् । तस्बिरमा उनी सुन्दर देखिएकी छिन् । यसअघिको स्टाटस अघि उनले बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधनमा दुख व्यक्त गरेकी थिइन् । उनले आज आफ्ना तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘आजको को दिन पनि केही दुखद र केही आसहरुको तरङ्गमा बित्यो ????’











