असार १ गतेदेखि पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी असार १ गतेबाट पठनपाठनसुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेका छन् । पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्‍ने बताएका छन् ।उनले स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको जानकारी गराएका छन् ।

सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।

विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न ूवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७ू जारी गरिएको मन्त्रालयले जनाएको छ । 

यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’ 

महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठनपाठनलाई विभिन्न माध्यम प्रयोग गरी सञ्चालनमा राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको समेत उनले बताएका छन्।

तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया