नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११३ को आज स्वाब संकलन गरिएको छ ।
जानकी गाउँपालिकामा आइतबार ११३ जनाको पिसिआर परिक्षणको लागी स्वाब संकलन भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले बताएका छन् ।
पालिका भरी ८ वटा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा हाल २२६ जना भारत तथा तेस्रो मुलुकबाट आएका पालिकाबासी बस्दै आएको जानकी गाउँपालिकाका स्वास्थ शाखाका प्रमुख दल बहादुर रानाले बताएका छन् ।















