काठमाडौं । पछिल्लो समय विश्वमै कोरोनाको केन्द्र बनेको ब्राजिलमा हालसम्म २९ हजार ३१४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८० कोरोना संक्रमितको ज्यान गएको छ ।
सोही अवधीमा ब्राजिलमा १६ हजार ४०९ कोरोना संक्रमित थपिएका छन् । हालसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या अमेरिका पछिकै सबैभन्दा धेरै ५ लाख ५९ हजार ८४९ जनामा पुष्टि भइसकेको छ ।
संक्रमित मध्ये २ लाख ६ हजार ५५५ निको भइसकेका छन् । ८ हजार ३१८ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।











