सय वर्षीया वृद्धाले जितिन् कोरोना

एजेन्सी : एक सय वर्षीया वृद्धाले कोरोना भाइरसविरुद्धको लडाई जितेकी छिन्। इन्डोनेसीयाकी कामटिम यसै साता संक्रमण मुक्त भएर घर फर्किएकी हुन्।

बीबीसीका अनुसार इन्डोनेसीयामा कोरोना भाइरस मुक्त हुने संक्रमितमध्ये उनी सबैभन्दा बढी उमेरकी हुन्। सुराबया शहरकी कामटिम बारे इस्ट जाभाका गभर्नर खोफिफा इन्दर परवन्साले भनेका छन्,’आशा गरौं उहाँ ठीक हुनुले अन्य संक्रमित वृद्धवृद्धालाई हौसला दिनेछ।’

वृद्धाकी बुहारीले एएफपीसँग आफ्नी सासु ठीक हुनुको कारण ‘अनुसाशन र स्वस्थ हुने दृढता’ भएको बताएकी छिन्। सिटी अमिनाहले भनेकी छिन्,’म हरेक दिन उहाँको स्वास्थ्य अवस्था बारे बुझ्थें। नर्सहरु भन्थे – उहाँ एकदम बलियो हुनुन्छ। औषधी पनि सहजै लिनुहुन्छ।’

जोन होप्किन्स विश्वविद्यालयका अनुसार इन्डोनेसीयामा २६ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। त्यस्तै १ हजार ६ सय १३ जना संक्रमितको निधन भइसकेको छ।

प्रतिक्रिया