भोली कोहलपुरका सबै संस्थागत विद्यालय बन्द हुने , राजनितिक दलद्धारा संयमित रहन आग्रह

के.पि घिमिरे /कोहलपुर :

भोली सोमबार बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गरिने भएको छ । आईतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिए । क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा सोमबार शैक्षिक संस्था बन्द गर्ने उल्लेख गरीएको छ ।

उता घटनालाई मध्यनजर गर्दै बाँकेका सम्पूर्ण राजनितिक दल तथा नागरिक समाजका अगुवाहरुले सबैलाई संयमित रहन आग्रह गरेका छन । आईतबारको घटनापछि बसेको सर्वपक्षिय बैठकले सबै राजनितिक दलका कार्यकर्ता तथा आम सर्वसाधारणलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले घटनाप्रति दुख ब्यक्त गर्दै संयमता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णलाल उपाध्यायको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले घटनाको घाईतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया