बाँकेको बैजानाथ गाउंपालिकाका बिभिन्न १९ स्थानमा बनाइएका क्वारेन्टाइन रहेका महिलाहरुकालागि उनीहरुको आत्मसम्मान र सरसफाइ सम्बन्धि सामाग्रीभएको डिगनिटीकिट वितरण गरिएको छ ।
यूएनएफपिय र नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा जिल्ला प्रशासन कार्यालय अन्र्तगतको विपद् शाखा जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्रको समन्वय तथा बैजनाथ गाउँपालिकाको आयोजनामा आज ९८ थान वितरण गरिएको हो ।

सरसफाइ तथा आत्मसम्मानको बढी आवश्यक्ता पर्ने समुह महिलाहरु उच्च जोखिममा रहने भएकाले सोमबार गाउँपालिका बिभिन्न बिद्यालयमा बनाइएका क्वारेन्टाइनमा गई उक्त सामाग्रीहरु गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी, उपाध्यक्ष शारदा रेग्मी(बि.क),स्वास्थ्य कार्यालयका प्रमुख धिरजँग शाह, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सदस्य एबम कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलको बिशेष उपस्थिति तथा रेडक्रस मार्फत जिल्ला प्रशासन कार्यालय अन्र्तगतको विपद् शाखा जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्रमा कार्यरत सुचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकी, रेडक्रस उपशाखा कोहलपुुरका कार्यालय प्रमुख लालबहादुर राना,कार्य समिति सदस्य प्रकाश चौधरी, राजाराम अधिकारी, जयसिंह रोकाय, रामसिंह रोकाया, बैजनाथ गाउँपालिकाका वास फोकल पर्सन जनक रावल, सबै वडाअध्यक्षहरु, क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको सहभागितामा वितरण गरिएको थियो ।

आत्मसम्मान र सरसफाइ सम्बन्धि सामाग्री भएको डिगनिटीकिट यस पूर्व नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतको महेन्द्र बहुमुखी क्याम्पस, जानकी गाउँपालिकाको जोगा गाउँ, मानपुर र खजुरा गाउँपालिकाको शुक्रमावि सितापुरमा रहेका क्वारेन्टाइनमा वितरण गरिसकिएको र बाँकीअन्य स्थानियतहहरुमा पनि वितरण गर्ने प्रयास भैरहेको नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगीले बताउनु भयो ।









