विश्वभर २९ लाख बढी कोरोना संक्रमित निको भए

चीनबाट सुरु भएकाे कोरोनाभाइरस अर्थात् कोभिड-१९ का कारण मृत्यु हुनेकाे संख्या ३ लाख ७७ हजार ३९७ पुगेकाे छ । पछिल्लाे तथ्यांकअनुसार मंगलबार बिहानसम्म संक्रमितकाे संख्या ६३ लाख ६५ हजार १७३ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये २९ लाख भन्दा धेरै उपचारपछि घर फर्किएका छन् । वर्ल्डो मिटर्सका अनुसार अहिलेसम्म काेराेना संक्रमितमध्ये २९ लाख ३ हजार ३८२ जना उपचारपछि घर फर्किसकेका छन् ।

याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ७ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । साेमबार मात्रै १ लाख बढी संक्रमित निकाे भएर घर फर्किएका छन् ।

प्रतिक्रिया