बाँके दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत

नेपालगन्ज : जेष्ठ १९ गते राती बाके जिल्लाको अगैयामा दुर्घटनामा परि मृत्युु भएका ८ जनाको सनाखत भएको छ । कोरोनाका कारण भारतबाट आई नेपालगन्ज हुदैसल्यान जाँदै गरेको हाइस अगैयामा दुर्घटना हुदा १२ जनाको मृत्युु भएको थियो । भने २१ जना घाइते भएका थिए ।

भेरी अस्पतालका अनुसार घाइते तथा मृतकको कोरोना परिक्षण समेत गरिएको थियो । सबैको कोरोना रिपोर्ट नेगेटिभ आको अस्पतालले जनाएको थियो । भने आज एक सुचना जारी गर्दै अस्पतालले मृतक मध्य ८ जनाको सनाखत भएको बताएको छ ।

सनाखत भएका ८ जनाको नामावली ….

प्रतिक्रिया