जनताका अमुल्य रत्न

नेपालगन्ज, नेकपा बाँकेका नेता रत्न खत्रि अहिले विभिन्न क्वारेन्टिइनमा पुग्दै माक्स र सेनिटाइजर वितरण गरिरहेका छन । बाँकेको खजुरा , जानकी र बैजानाथ गाउँपालिकामा नेता रत्नको दौडधुप छ ।

दिनहुँ जसो विभिन्न क्वारेन्टिनमा पुगि त्यहाँका समस्यालाई बुझेर सम्बन्धित निकाय माझमा समाधानका लागी पहल गर्ने देखि लिएर हौसला प्रदान गर्ने काम गरिरहेका छन । यस्तो विषम परिस्थितीमा क्वारेन्टिनमा आउने समस्यालाई समाधान गर्न केहि गर्न सकिन्छकि भनेर आफु लागीरहेको नेता खत्रिको भनाई छ ।

कोरोना भाइरसको संक्रमण बढिरहदा यसबाट सबै सुरक्षित हुन आवश्यक रहेकाले सेनिटाइजर र माक्स अपुग क्षेत्रमा पुगेर सामाजिक दुरी कायम गर्दै स्थानिय जनप्रतिनिधि तथा क्वारेन्टिन व्यवस्थापन समितिलाई बुझउने गरेको नेकपा बाँकेका संगठन विभाग प्रमुख समेत रहेका नेता खत्रिले बताए ।

मंगलबार मात्रै युवा नेता खत्रिले खजुरा गाउँपालिकाको तिन वटा क्वारेन्टिनमा माक्स र सेनिटाइजर वितरण गरेका थिए । उनले केहिदिन अघि देखि विभिन्न विद्यालयमा रहेका क्वारेन्टिनमा पुगेर सहयोग गरिसकेका छन । स्थानिय सरकारलाई सघाउन नेकपाले विभिन्न सयन्त्र मार्फत सहयोग गरिरहेको नेता खत्रिले बताए ।

उनले सरकारले गरेको कामलाई सबैले सम्मान गर्दै सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । यो बेला क्वारेन्टिनमा बसेकाहरुलाई स्वास्थ्य शुरक्षा सामाग्री आवश्यक महसुस गरेर माक्स, सेनिटाइजर लगाएत दिएको हुँ अरु आवश्यक परेको खण्डमा अरु आफुले सक्ने सहयोग गर्न सदैव जनताको लागी तयार रहने नेता खत्रिले बताए । आफ्नो सक्रियतालाई राजनितिक ढडगले नलिदिन पनि खत्रिले अनुरोध गरेका छन ।

नेता खत्रि विभिन्न क्वारेन्टिनमा गएर सक्दो सहयोग गर्न थालेपछि उनका विरोधिहरुले राजनितिका लागी बाड्यो भनेर आरोप समेत लगाएका छन । नेता खत्रिले जसले जे भनेपनि आफु जनताको सेवा गर्न पछि नहट्ने बताए ।

प्रतिक्रिया