पर्खाइमा बसेको नेपालगन्जको रानीतालाउ (फोटोकथा)

नेपालगन्ज : केही समय अगाडी भिडभाड रहने गर्थ्यो नेपालगन्जको रानितलाउ, केटाकेटी देखी युवा र बृद्धअबश्थाका समेत रानितलाउमा सितलाता ताप्न र मनोरञ्जनका लागि पुग्ने गर्थे ।

युवायुवतीहरुको लागी राम्रो डेटिङको स्थान बनेको थियो नेपालगन्जको रानी तलाउ । जसै जसै कोरोना भाइरसको संक्रमणले बिश्वलाई घेर्दै लग्यो त्यो संगै रानितलाउ बिस्तारै एक्लो हुँदै गयो ।

एक्लो पनि यसरी बन्यो कि लाग्छ आज उ प्रतीक्षामा बसेको छ । युवायुवती र केटाकेटीको क्रिडा स्थलको रुपमा विकसित बनेको रानितलाउ आज तिनै केटाकेटी र युवायुवतीलाई पर्खदै छ ।

सरसफाइको अभावमा बसेको रानितलाउका फुलहरुले आफैमा ओइलिदै झर्दै गरेका छन् । पातहरु लडेका छन् । तलाउको छातिमा फुहोर तैरिरहेका छन् । अनि बिस्तारै पानीको सतह घट्दै गरेको छ । जसले रानितलाउलाई उज्जड बनाएको छ ।

मानिसको कोलाहल मन पाराउने रानितलाउ, केटाकेटीका तोतेबोलीहरुमा रमाउने रानितलाउ, युवायुवती हेर्दै उनिहरुको प्रेममा मैफुस बनिदिने रानितलाउ आज एक्लो बनेको छ । एक्लै पर्खाइमा बसेको छ लकडाउन खोल्ने प्रतीक्षामा । कोरोना भाइरसको त्रास सकिने प्रतीक्षामा ।

एक्लो महसुस गर्दै बसेको रानी तलाउका केहि तस्वीर

प्रतिक्रिया