१६ लाख लागतमा पक्कि पुल निर्माण

खजुरा : खजुरा गाउँपालिका वडा नम्बर चारमा विभिन्न विकास निर्माणका कामहरु भैरहेका छन । लकडाउनका बेला जनता जोगाउने देखि लिएर जनता हिडडुल गर्ने बाटो, पुल निर्माण पनि सगंसगै भएका छन ।

खजुरा चार सिर्जना टोल डि गाउँ जाने बाटोमा पर्ने किरणनालामा जिर्ण अवस्थामा रहेको काठको पुललाई हटाएर पक्कि पुल निर्माण गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ अन्तरगत वडा कार्यालयले उक्त पुलको लागी १६ लाख बजेट विनियोजन गरेको थियो ।

सोहि अनुसार उपभोक्ता समिति मार्फत पुल निर्माणको काम भएको वडाध्यक्ष तिलकविर सुनारले बताउनुभयो । जानकी गाउँपालिका सगं जोडिएका केहि टोल गाउँहरुका स्थानियहरुलाई पुल निर्माण भएपछि हिडडुल गर्न, हल्का सवारी साधन चलाउन सहजहुने उपभोक्ता समितिका अध्यक्ष चन्द्र केशर विकले बताउनुभयो ।

झण्डै तिन सय घरका मानिसहरु उक्त पुल निर्माण पछि प्रतक्ष लाभान्भित हुने छन । २२ मिटर लम्बाई र २:३० मिटर चौडाई रहेको पुल बन्दा स्थानियले खुसि व्यक्त गरेका छन ।

अहिले पुलको ५० प्रतिशत काम सकिएको उपभोक्ता समितिका सचिव टोपेन्द्र खत्रिले बताउनुभयो ।

प्रतिक्रिया