काठमाडौं:

नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको रकम भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकोले यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताउनुभयो ।
कनोडिया महालक्ष्मी सुगर्स मिलका सञ्चालक हुनुहुन्छ ।










