खगेन्द्र दाहाल

म विहान फेसबुक चलाउदै थिए । एक्कासी कोहलपुरमा स्कुले एक बालिकालाई ट्रकले कुल्चिएको खबर कोहरपुरकै पत्रकार विनोद पौडेलले मेरो इनबक्समा पठाउनुभयो ।
म झसङ्ग भए मन मारी जस्तो भयो । घाइते बालिकालाई कति दुखेको होला सोचिरहे ।
मलाई लाग्यो उनलाई केहि चोट लागेको होला र उपचार गर्न लगेको हुनपर्छ भनेर मनमा दिनहु नेपालगन्ज कोहलपुरका सडकमा हुने अरु दुर्घटना जस्तो लिए ।
केहि बेर पछि भिड नियन्त्रण गर्न प्रहरीले असुर ग्यास चलाएको खबर आयो केहि घाइते भएको पनि सुनियो ।
मेरो मन झन आत्तियो र सहकर्मि प्रदिप चौधरीलाई कोहलपुर सगै जान आग्रह गरे । सहकर्मि चौधरीले हुन्छ भनेपछि हामि दुर्घटना स्थल पुग्यौ र लायो कोहलपुर त रणभुमि नै भएछ ।
मैले आफ्नो जिवनकालमा यस्तो भयानक दृश्य कहिलै देखेको थिएन जुन कोहलपुरमा देख्न प¥यो । आर्कोशित विद्यार्थिहरु लगाएतले ट्रकलाई नियन्त्रणमा लिएर जलाइसकेका थिए ।
हागोको ठुलो राफ देख्दा एक गाउँनै आगलागी भएको हो कि भन्ने भान हुन्थो । केहिले दुर्घटनामा सक्त घाइते भएकी कक्षा ७ मा पढ्ने प्रकृति चन्दको मृत्यु भएको भन्दै थिए भने केहिले अस्पतालमा उपचार भैरहेको सुनाए ।
दुर्घटना स्थलमा भेटएका प्रतक्ष्यदर्शिले कारुणिक घटना सुनाउदा आङ्ग सिरिङ्ग भयो । तेल बोकेको ट्रक जलिरहेको थियो ।
उता इलाका प्रहरी कार्यालय कोहलपुर नजिक प्रर्दशनकारी र प्रहरी विच मनमुटाव चलिरहेको सुनेपछि हामि दुई उतै लाग्यौ ।
प्रहरी र प्रर्दशनकारी विच ढुङ्गगा हानाहान भैरहेको थियो । हामि जोगिदै त्यहाको दृश्य आफ्नो क्यामरामा कैद गर्न तर्फ लाग्यो ।
केहि ढुङ्गा र सिसाका टुक्रा म नजिकैबाट पार हुदाँ चोट लागिहाल्छ कि भन्ने डर लागेको थियो ।
हामि पत्रकारहरु शुरक्षा निकायले दमन नगरी घट्नालाई साम्य बनाउन बातावरण सिर्जना गरोस भन्दै दृश्यहरु कैद गरिहयौ ।
कोहलपुर बाट नेपालगन्ज कार्यक्षेत्र फर्केपनि मन कोहलपुरमा भएको घटनातिर गैरहेको छ । यो घटनाले थुप्रैलाई नोक्सानि बनाएको छ ।
कतिले राजनितिक मुद्धा बनाउन पनि पछि परेका छैनन । घटनाको सत्य तथ्य छानविन भई दोसि उपर कारबाहिको माग गर्दछु ।
घाइते सबैको स्वाथ्य लाभको कामना गर्छु र कोहलपुरको बातावरण सामान्य भएको हेर्न चाहन्छु ।
कोहलपुरमा भएको घटनाको केहि दृश्यहरु मैले आफ्नो च्यानलमा पनि अपलोड गरेको छु ।











