भेरी अस्पतालमा लामो समयदेखि थुपारिएको फोहोर व्यवस्थापन गरिदैंछ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अस्पताल व्यवस्थापन समितिले उक्त फोहोर व्यवस्थापनको काम थालेको हो ।
अस्पतालमा एक वर्षदेखि फोहोर थुपारिएको थियो । उक्त फोहोर शनिबार विहानदेखि उपमहानगरपालिकाले उठाउन सुरु गरेको छ । अस्पतालमा उत्पादन भएका फोहर तथा फोहरजन्य बस्तु विसर्जन गर्ने ठाउँ नपाउँदा एक वर्षदेखि अस्पताल परिसरमा नै थुपारिएको प्रमुख थापा बताउँछन् ।
अस्पतालमा उत्पादन हुने फोहर ब्यवस्थापन चुनौतीको रुपमा देखिने गरेको अस्पतालका अध्यक्ष प्रमोद धिताल बताउँछन् । भेरी अस्पताल परिसरमा करिब १० ट्रक फोहोर रहेको उपमहानगरपालिकाले बताएको छ ।











