चर्चित गायिका नेहा कक्कडको आज जन्मदिन, समोसा बेच्दै सिकेकी थिइन् संगीत

एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्कडको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३१ औं जन्मदिन मनाउदैछिन् । विकिपीडिया अनुसार सन् १९८८ जुन ६ मा जन्मेकी नेहाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । 

कोरोनाका कारण रेकडिङका कामहरु नहुँदा उनी अहिले घरमै बसिरहेकी छिन् । विश्वमै सर्वाधिक खोजिने गायिकाको रुपमा पनि परिचित नेहाका धेरै फ्यानहरु छन् । उनका हरेक गीत धेरैले रुचाएका छन् । 

इन्डियन आइडलको जज पनि बनेकी नेहा निकै संघर्षपछि यस स्थानमा आएकी हुन् । उनले  बुवासँगै समोसा बेच्दै संगित सिकेको पनि बताइन्छ । 

प्रतिक्रिया