कोरोना जितेर बाँकेका पत्रकार र नर्ससहित ४ जना घर फर्के

नेपालगन्ज : बाँकेका कोरोना संक्रमित पहिलो पत्रकार, नर्ससहित अन्य ४ जना कोरोना जितेर आज घर फर्केका छन् ।

बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारार्थ नेपालगन्ज निवासी एक पत्रकार , एक नर्स, बाँकेमा कार्यरत एक प्रहरी र बाँके नरैनापुरका एक व्यक्ति गरि ४ जना आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनीहरूको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। यससँगै बाँकेका कोरोना जितेर घर फर्किनेको संख्या ४६ पुगेको छ भने संक्रमितको संख्या भने २ सय ६७ पुगेको छ ।

तस्वीर : समीक्षा भुसाल

प्रतिक्रिया