डीभी चिठ्ठाको नतिजा आउन अब केही घण्टामात्र बाकीँ, यसरी सजिलै हेर्नुहोस् नतिजा ?

काठमाडौं – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा  सार्वजनिक हुन अब केही घण्टामात्र बाकीँ रहेको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९स् ४५ बजे सार्वजनिक हुने जनाइएको छ । शनिवार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा  शनिवार सार्वजनिक हुने बारे जानकारी गराएको हो । 

आज शनिबार जेठ २४ गते राति ९:४५ बजेबाट तपाईंले डाइभर्सिटी भिसा (डिभी) आवेदनको नतिजा हेर्न सक्नुहुन्छ। याद राख्नुहोस्, तपाईंलाई डिभी पर्‍यो अथवा तपाईंको आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज हामी तपाईंलाई पठाउँदैनौं। 

यस्तो दावी गरिएका र तपाईंलाई डिभी पर्‍यो भन्ने व्यहोराका कुनै पनि ईमेल वा म्यासेज साँचो होइनन्। तपाईंलाई डिभी पर्‍यो या परेन थाहा पाउने एकमात्र र निशुल्क उपाय dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्ने हो। (तपाइले सो कन्फर्मेसन नम्बर भुलेको वा हराएको भएपनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ।)

प्रतिक्रिया