एकै दिन दुई नाबालक सहित खजुरामा ९ जना कोरोना संक्रमित थपिए

khajura

खजुरा :बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा दुई नाबालक सहित ८ जनामा कोरोना संक्रमण भएको छ । ३ र ४ वर्षका दुई नाबालाक लाई कोरोना संक्रमण एकै क्वारेन्टिनमा भएको हो ।

आज वडा नम्बर चारमा बुद्धपुरमा रहेको क्वारेन्टिन बाट ७ जना र ईगाउँमा व्यवस्थापन गरिएको क्वारेन्टिन बाट १ जना कोरोना संक्रमित पुष्टि भएको वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिनुभयो ।

बुद्धपुरमा रहेका कोरोना संक्रमितहरुलाई आजै प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल –आइसलोलेसन)मा लगिएको छ । ईगाउँमा भेटिएको अर्का एक जनालाई भने भोलि विहान मात्र आइसोलेसनमा लैजाने वडाध्यक्ष सुनारले बताउनुभयो ।

आजै खजुरा गाउँपालिका वडा नम्बर ५ मा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण खड्काले जानकारी दिनुभयो । यो सगै आज खजुरामा ९ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन ।

प्रतिक्रिया