काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको भाउ सार्वजनिक गर्ने भएको छ । लकडाउनका कारण बन्द भएको कारोबार अब शुरु भएकाले आजदेखी सुनचाँदीको भाउ सार्वजनिक गर्ने महासंघले जनाएको हो ।
महासंघले एक सुचना जारी पर्दै २५ गतेबाट सुनचाँदीको भाउ सार्वजनिक गरिने जानकारी गराएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७७(०७८ को सुनको भन्सार दर बढाएसँगै सुनको मूल्यमा प्रतितोला २ हजारलेबढ्ने बताइएको छ ।
सरकारले यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।









