एजेन्सी। कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् ।
‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने ।











