बलिउडमा ६५ वर्ष नाघेकालाई फिल्म खेल्न प्रतिबन्ध, अमिताभदेखि अनिल कपुरसम्मकाले के गर्लान् ?

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतिय फिल्मी बजार प्रभावित भएको छ । अब भने सामाजिक दुरी कायम गरी बिस्तारै फिल्मका छायांकन सुरु गरिने बतायएको छ । 

लकडाउनले बिचमै रोकिएका छायांकनका काम अब शुरु गर्ने तयारी गरिएको भारतिय मिडियाका जनाइएको छ । मुम्बईको महाराष्ट्र सरकारले अब फिल्मको छायांकन गर्नु परेमा विभिन्न नियमहरु पालना गर्नुपर्ने भन्दै नियम बनाएको छ ।

महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुल्ला गर्ने पनि बताएको छ । महाराष्ट्र सरकारले फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णय पनि भइसकेको छ । 

बलिउडमा ६५ वर्षभन्दा माथिका  अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, अनिल कपुरसम्मका चर्चित कलाकारहरु पनि छन् । यससँगै ६५ वर्षभन्दा माथिका कलाकारले यो निर्णय ठिक नभएको भन्दै आलोचना पनि गरेका छन् । यो निर्णय व्यावहारिक नभएको भन्दै अभिनेता राजा मुरादले पनि टिप्पणी गरेका छन्।

प्रतिक्रिया