विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ७० लाख ८५ हजार ७ सय ४० जना संक्रमित भएका छन् । साथै यस भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार २ सय ७२ पुगेको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसलाई जित्नेको संख्यामा पनि वृद्दि भएको छ । ३४ लाख ५९ हजार ८४१ संक्रमितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ३२ लाख २० हजार ६२७ रहेको छ । तीमध्ये ५३ हजार ७ सय ५२ जना गम्भीर बिरामी रहेका छन् ।
कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या २० लाख ७ हजार ४४९ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४६९ पुगेको छ । ७ लाख ६१ हजार ७०८ जना निको भएर घर फर्केका छन् भने १६ हजार ९२३ जना गम्भिर अवस्थामा रहेका छन् ।
अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेका छ भने मृत्यु हुनेको संख्या ३६ हजार ४९९ रहेको छ ।












