एजेन्सी। न्यूजिल्याण्डमा कोरोनाभाइरस संक्रमणको दर शून्यमा झरेसंगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ ।
न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्याउने प्रधानमन्त्री जसिन्डा आर्डर्नले बताईन । यद्यपि सीमा नाकाहरू भने बन्द नै रहने छ ।
न्युजिल्याण्डले मुलुकमा संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको थियो । त्यसपछि बिस्तारै खुकुलो बनाइएको थियो ।











